
काठमाडौं । संघीय संसद्अन्तर्गत तीन समितिको बैठक मंगलबार बस्दैछ। प्रतिनिधिसभाअन्तर्गतका तीन समितिका बैठक बस्न लागेको हो।अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्नेछ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ।सार्वजनिक लेखा समितिको बैठकमा हुलाकी, बीपी र अरनिको राजमार्गलगायत राष्ट्रिय राजमार्गको वर्तमान अवस्थाबारे छलफल हुनेछ। बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ।