
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशलाई ९ विकेटले हराएको छ ।
कर्णालीले दिएको ५९ रनको लक्ष्य बागमतीले १ विकेट गुमाएर २६१ बलअघि नै भेटायो । बागमतीका ईशान पाण्डेले २२ रन बनाए । कर्णालीका दीपेन्द्र रावतले १ विकेट लिए ।
यसअघि दाङको देउखुरी रङ्गशालामा टस जितेर ब्याटिङ गरेको कर्णालीले १९ ओभर १ बलमा ५८ रन बनाउँदा सबै विकेट गुमायो । कर्णालीका सुनिल धमलाले सबैभन्दा धेरै १५ रन बनाए । कर्णालीका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बागमतीका रिजन ढकालले ५, सूर्य तामाङले ४ विकेट लिए ।
योसँगै बागमती र कर्णालीले समान ८ खेलमा ४ खेल जित्दै ४ वटामा हार बेहोरेका छन् ।