
झापा । उदयपुरमा रुखको हाँगा लागेर एक महिलाको मृत्यु भएको छ ।
आइतबार साढे १० बजेको समयमा उदयपुर त्रियुगा नगरपालिका-१६ सिम्लेकी ५२ वर्षीया लैनासरी राई घर नजिकै रहेको रुखमा घाँस झारी बटुल्ने क्रममा सोही रुखको हाँगा भाँच्चिएर लागेर घाइते भएकी थिइन् ।
उनलाई व्यहोस अवस्थामा श्रीमान् तेज बहादुर राईले तत्काल जिल्ला अस्पताल उदयपुर गाईघाट लगेको र उनको उपचारको सोमबार बिहानको राति १ बजेर २५ बजे मृत्यु भएको प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।