
काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५३ दशमलव ०४ अङ्कले घटेर २ हजार ६१६ दशमलव २६ विन्दुमा झरेको छ ।
नेप्से झन्डै दुई महिनायताकै कम विन्दुमा झरेको हो । यसअघि गएको माघ १४ गते नेप्से २ हजार ६३३ विन्दुमा झरेको थियो ।
आज सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर झन्डै ३ प्रतिशतले ओरालो लागेको छ । यस्तै विकास बैंक, होटल, जलविद्युत्, लगानी, माइक्रोफाइनान्स, निर्जीवन बीमा, व्यापार समूहको शेयर २ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज मिथिला लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले ओरालो लागेको दिन कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर भने साढे ८ प्रतिशतभन्दा धेरैलो ओरालो लागेको छ ।
आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन गएको बिहीवार ४ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ३१७ वटा कम्पनीका १ करोड २३ लाख कित्ता शेयर ६ अर्ब ३२ करोड रुपैयाँमा किनबेच भएको छ ।