
काठमाडौं । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ स्याफ्रुवेशी बस्ने रूकुम पश्चिम मुसिकोट नगरपालिका–१ घर भएका २३ वर्षीय नविन रावललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
रावलले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी स्याफ्रुवेशी रसुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका रावलविरुद्ध बलात्कारको कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।