
काठमाडौं । आज विश्व मौसम विज्ञान दिवस मनाईंदैछ । जलवायुसम्बन्धी समस्याबाट नागरिक र समाजलाई सुरक्षित राख्न चेतनामूलक कार्यक्रम गरी आज विश्वभर मौसम विज्ञान दिवस मनाउने गरिन्छ ।
सन् १९५० मा विश्व मौसम विज्ञान सङ्गठन स्थापना गर्ने महासन्धि लागु भएको सम्झनामा दिवस मनाउन थालिएको हो । शरुआतमा जल र जल उत्पन्न प्रकोप नियन्त्रणलगायत विषयमा केन्द्रित रहेर सचेतनाका कार्यक्रम हुँदै आएकोमा विगत केही वर्षयता जलवायु परिवर्तन र यसले मानव सभ्यता र विश्वलाई नै पार्ने सङ्कटपूर्ण परिस्थितिलाई ध्यानमा राखेर कार्यक्रम गर्न थालिएको छ ।
संयुक्त राष्ट्रसङ्घले यो वर्ष जलवायुजन्य समस्या समाधान गर्न पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउने र जोखिम घटाउन सूचना प्रवाहमा जोड दिएको छ ।