२०८१ चैत १०, आइतवार , ०३:२२:५९ बजे

Sajhamanch
'

बुद्धशान्तिमा १६३६ किलो गाँजासहित दुईवटा ट्रक र २ जना पक्राउ

शनिवार, चैत ९, २०८१

झापा । झापाको बुद्धशान्ति ४ मा पर्ने मेची राजमार्गबाट सशस्त्र प्रहरीले शुक्रबार १६३६ किलो गाँजासहित दुईवटा ट्रक र दुई जनालाई नियन्त्रणमा लिएको छ ।

ट्रकसहित धनकुटा जिल्लाको शहीदभूमि नगरपालिका–४ बस्ने महेश राई र इलामको माइजोगाई गाउँपालिका–२ का ३७ वर्षिय गंगाबहादुर बस्नेत पक्राउ परेका हुन् ।

को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको मिनी ट्रकमा इलामबाट झापातर्फ ल्याइँदै गरेको उक्त परिमाणको गाँजा नियन्त्रणमा लिइएको हो । विशेष सूचनाको आधारमा नं. १ बराह बाहिनी मुख्यालय र नं. २ गण झापा मातहत सुरक्षा वेश टिमाइबाट खटिएको संयुक्त सुरक्षा फौजले चेक जाँच गर्दा ५७ वटा बोरामा राखेर ल्याउँदै गरेको गाँजासहित उनीलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

साथै उनीहरुको साथबाट नेपाली ८७ हजार ८८० रुपैयाँ र ५ थान मोवाईल सेटसमेत बरामद भएको छ ।

सम्बन्धित खबर