२०८१ चैत १५, शुक्रवार , ०२:४९:१३ बजे

Sajhamanch
'

बीस लाख किसानलाई परिचयपत्र वितरण गरिँदै

शुक्रवार, चैत ८, २०८१

इलाम । कृषि तथा पशुपन्छी विकास मन्त्री रामप्रसाद अधिकारीले २० लाख किसानलाई चाँडै परिचयपत्र वितरण गरिने बताएका छन् ।

इलामको रोङ गाउँपालिकाले आयोजना गरेको गुरु किसान घोषणा तथा कृषि प्रशोधन उद्योगको आज उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन ।

रोङ गाउँपालिकाले थालेको गुरु किसान कार्यक्रम देशभर विस्तार गर्नुपर्नेमा जोड दिँदै मन्त्री अधिकारीले गाउँपालिकाबाट सञ्चालित यस्तो कार्यक्रम सङ्घीय सरकारले पनि सञ्चालन गर्नुपर्ने बताए।

कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी विकास मन्त्री खगेन लिम्बूले कृषि क्षेत्रको विकासका लागि पर्याप्त बजेट विनियोजन हुनुपर्ने बताए।

रोङ गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बोले पहिलो पटक १२१ जना गुरु किसान छनोट गरिएको जानकारी दिए।

सम्बन्धित खबर