
झापा । मेची राजमार्गअन्तर्गत माईखोला (राजदुवाली) खण्ड आज तीन घण्टा बन्द हुने भएको छ । माईखोला पुल मर्मत गर्नुपर्ने भएकाले आज दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि सडकमा आवागमन बन्द हुने जनाइएको छ ।
सडक डिभिजन कार्यालयले सूचना जारी गरी उक्त समयमा आवागमन गर्नका लागि सवारी साधनहरूले सिमलगोलाई – तिल्केनी सडक र केचना – कञ्चनजङ्घा सडक (फास्ट ट्र्याक) लाई वैकल्पिक रुटको रुपमा प्रयोग गरिदिन आग्रह गरेको छ ।