२०८१ चैत १५, शुक्रवार , १०:५०:०८ बजे

Sajhamanch
'

एसइई परीक्षा बिग्रिएपछि इलामकी छात्राले सेवन गरिन् विष

शुक्रवार, चैत ८, २०८१

इलाम । एसइई परीक्षा बिग्रिएपछि इलाममा एक जना छात्राले विष सेवन गरेकी छन् । पहिलो दिनको परीक्षा दिइसकेपछि इलाम माङ्सेबुङ-४ मार्चिबुङ बस्ने १८ वर्षीया सन्ध्या राईले हिजो दिउँसो १ः३० बजे विष सेवन गरेकी हुन् ।

तरकारीमा किरा मार्ने नीमिन नामक विषादी सेवन गरेकी सन्ध्यालाई उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएको छ । उनको अवस्था बोल्न सक्ने मध्यम रहेको प्रहरीले जनाएको छ ।

उनी एसइई परीक्षा दिन चुलाचुली-४ पेल्टीमारीस्थित आफ्नो फुपू मनमाया राईको घरमा बसेकी थिइन् । उनी एसइई दिन दुई दिन अगाडी फुपूको घर आएकी थिइन् । त्यही उनले विष सेवन गरेकी हुन् ।

सम्बन्धित खबर