२०८२ माघ ८ बिहिवार , १२:२३:५१ बजे

Sajhamanch
'

यस्तो रहनेछ आजको मौसम

शुक्रवार, चैत ८, २०८१

काठमाडौं । कोशी र मधेश प्रदेशलगायत मुुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भागमा अहिले मौसम मुख्यतया सफा रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, लुम्बिनी, मधेस प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने छ भने बाँकी भागमा मौसम सफा रहनेछ।

कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। साथै उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात हुन सक्नेछ ।

त्यसैगरी राति कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा पनि आंशिक बदली हुनेछ।कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।

आगामी २४ घण्टामा कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित खबर

यस्तो रहनेछ आज देशभरको मौसम
मङ्गलवार, माघ ६, २०८२
यस्तो रहनेछ आजको मौसम
आइतवार, पौष २७, २०८२
आजको मौसम
सोमवार, पौष २१, २०८२