२०८१ चैत १४, बिहिवार , ०७:४३:५८ बजे

Sajhamanch
'

हल्दीबारी गाउँपालिकाको गाउँसभा पाँचवटा ऎन तथा कार्यविधिहरु पारित गर्दै सकियो

बिहिवार, चैत ७, २०८१

हल्दिबारी । हल्दिबारी गाउँपालिकाको १८औं गाउँसभा आज बिहीबारबाट सम्पन्न गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा भएको हिउँदे अधिवेशनले केही ऎन र कार्यविधिहरु पारित गर्दै आज समापन गरिएको हो ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र)ले दिएको जानकारी अनुसार पालिका प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष देवीबहादुर थापाले प्रस्तुत गरेको ५ वटा ऎन तथा कार्यविधिहरुलाई सभाले सर्वसम्मत अनुमोदन गर्दै पास गरेको छ ।

उनका अनुसार हल्दिबारी गाउँपालिकाको गाउँ/नगर प्रहरी (व्यवस्थापन तथा संचालन) सम्बन्धी ऎन २०८१, शिक्षक सरुवा सम्बन्धी कार्यविधि २०८१, हाटबजार संचालन तथा व्यवस्थापन कार्यविधि २०८१, प्राविधिक तथा सीप विकास सम्बन्धी कार्यविधि २०८१ र उत्कृष्ट कृषक पुरस्कर कार्यविधि २०८१ पारित भएका हुन् ।

अधिवेशनमा पालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले बजेट र कार्यपत्र प्रस्तुत गरेकी थिइन् । सभाले केही योजनाहरु थपघट गरी कूल बजेटमा नघटाई पारितसमेत गरेको जनाइएको छ ।

हल्दिबारी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित १७ जना जनप्रतिनिधिहरु राप्रपाबाट निर्वाचित छ्न् । एमालेबाट १ जना वडाध्यक्षसहित ६ जना, काङ्ग्रेसबाट १ जना वडाध्यक्षसहित २ जना र नेकपा माओवादी केन्द्रबाट १ जना वडाध्यक्षसहित ४ जना जनप्रतिनिधिहरु निर्वाचित छ्न् ।

सम्बन्धित खबर