२०८१ चैत १४, बिहिवार , ०५:५१:२५ बजे

Sajhamanch
'

शेयर बजार लगातार पाँचौं दिन घट्यो, कारोबार रकम ४ अर्ब ५६ करोड रुपैयाँमा खुम्चियो

बिहिवार, चैत ७, २०८१

काठमाडौं । शेयर बजार लगातार पाँचौं दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ३८ अङ्कले घटेर २ हजार ६६९ दशमलव ७६ विन्दुमा झरेको छ ।

शेयर बजार ५ दिनमा ५४ अङ्कभन्दा धेरैले घटेको छ । आज जीवन बीमा बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर १ दशमलव ३५ प्रतिशतले ओरालो लागेको छ ।

आज मिथिला लघुवित्त र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन दोल्ती पावर कम्पनीको शेयर साढे ७ प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ५ अर्ब १४ करोडको कारोबार भएकोमा आज ३१२ वटा कम्पनीका ९५ लाख ९९ हजार कित्ता शेयर ४ अर्ब ५६ करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित खबर