२०८१ चैत ७, बिहिवार , ०१:५९:३० बजे

Sajhamanch
'

तल्लो बाटोबाट अमेरिका पुगेर फर्कनु चेतनाको कमी : प्रधानमन्त्री

बिहिवार, चैत ७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तल्लो बाटो हुँदै अमेरिका पुगेर फर्कनुपर्ने अवस्था सिर्जना हुनु राम्रो नभएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘केही बाहिर जाने त ठिकै हो, तर ठूलै संख्यामा बाहिर जाने काम भइरहेको छ । खेतहरू बाँझो भएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘खेत छ त्यहाँ उत्पादन गर्नपर्ने ठाउँमा त्यो छाडेर ऋण काढेर बाहिर जानु, तल्लो बाटोबाट अमेरिका पुग्नु र निष्कासन भएर आउनु उचित होइन ।’

उनले यस्ता गतिविधि हुनुमा चेतनाको कमी भएको जिकिर गरे । ‘यसमा चेतनाको कमी देखिन्छ । चेतना वृद्धि गर्नु आवश्यक छ,’ प्रधानमन्त्री ओलीले भने ।

सम्बन्धित खबर