२०८१ चैत ७, बिहिवार , १०:५१:०६ बजे

Sajhamanch
'

सलमान खानको ‘सिकन्दर’ १७ चैतको आइतबार रिलिज हुने

बिहिवार, चैत ७, २०८१

काठमाडौं । सलमान खान स्टारर प्रतीक्षित बलिउड फिल्म ‘सिकन्दर’ इदको छेकोमा चैत १७ गते आइतबार (मार्च ३०) मा विश्वब्यापी प्रदर्शनमा आउने भएको छ । बलिउड हंगामाले फिल्म उक्त मितिमा आउने उल्लेख गरेको छ ।

रमजान इद चाहिँ मार्च ३१ मा सोमबार परेको छ । भारतको महाराष्ट्रमा गुडी पड्वा पर्वको बिदा भएकाले फिल्मलाई आइतबार ल्याउने निर्णय निर्माताले गरेको समाचारमा उल्लेख छ ।निर्माताले बुधबार यसको औपचारिक घोषणा गर्ने जनाइएको छ । ‘सिकन्दर’मा सलमानसहित रश्मिका मन्दाना, काजल अग्रवाल र सरमन जोशीको अभिनय हुनेछ । यो फिल्मलाई एआर मुरुगादोसले निर्देशन गरेका हुन् ।
सलमानको फिल्म यो सप्ताहन्त शुक्रबार र शनिबार नआउँदा प्रदर्शनरत नेपाली फिल्मलाई फाइदा हुने देखिएको छ । चैत १५ मा नेपाली फिल्म ‘डोरी’ आउँदैछ । ‘सिकन्दर’ सर्दाको फाइदा ‘डोरी’लाई हुनेछ ।

यति मात्र होइन, प्रदर्शनरत होस्टेल ३, लाज शरणम्, अन्जिला, आउट ल, राजागंजलाई पनि अर्को सप्ताहन्तको फाइदा हुनेछ ।

सम्बन्धित खबर