२०८१ चैत १४, बिहिवार , ०७:११:१७ बजे

Sajhamanch
'

सेतो मच्छिन्द्रनाथका लागि भारतद्वारा २४ किलोग्राम चाँदी हस्तान्तरण

बुधवार, चैत ६, २०८१

काठमाडौं । काठमाडौंको जनबहालमा रहेको सेतो मच्छिन्द्रनाथको मन्दिरका लागि भारत सरकारले २४ किलोग्राम चाँदी हस्तान्तरण गरेको छ । आज बिहान भारतको तर्फबाट नेपालमा रहेको भारतीय दूतावासले २४ किलोग्राम चाँदी हस्तान्तरण गरेको हो ।

२०७२ सालमा भूकम्पले क्षति पुर्‍याएको सेतो मच्छिन्द्रनाथको मन्दिर पुरातत्त्व विभागबाट स्वीकृति भएर भारत सरकारको सहयोगमा निर्माण भइरहेको छ ।

मन्दिर पुनर्निर्माणको काम २०७७ साल माघ २९ गतेदेखि भइरहेको छ । अहिलेसम्मको मन्दिरको भौतिक प्रगति ७५ प्रतिशत रहेको र वित्तीय प्रगति ४२ प्रतिशत रहेको छ ।

तत्कालीन समयमा लागत अनुमान गर्दा चाँदीको आसनलगायतका कार्यहरू समावेश नभएकाले चाँदीको आसन राख्नका लागि २०४ किलोग्राम चाँदी दानबाट सङ्कलन भएको हो ।

चाँदीका लागि भारत सरकारबाट ३९ लाख १० हजार रुपैयाँ बराबरको रकम स्वीकृत भएको थियो । अब चाँदीको आसनको बुट्टा कुँदेर मन्दिरमा राख्ने प्रक्रिया अघि बढाइने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

सम्बन्धित खबर