२०८१ चैत ८, शुक्रवार , ०६:५१:३४ बजे

Sajhamanch
'

नयाँ बजेट निर्माणका लागि मन्त्रालयगत छलफल अन्तिम चरणमा

बुधवार, चैत ६, २०८१

काठमाडौं । सरकारले नयाँ बजेट निर्माणका लागि मन्त्रालयगत छलफललाई अन्तिम चरणमा पुर्‍याइएको जनाएको छ । अर्थ मन्त्रालयले फागुनको अन्तिम हप्तादेखि मन्त्रालयगत छलफल थालेको हो ।

मुख्य नौ वटा मन्त्रालयका मन्त्रीलगायत अधिकारीहरूसँग अर्थमन्त्री विष्णु पौडेलसहित बजेट लेखन समितिले छलफल सकिसकेको अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

अर्थ मन्त्रालयका अनुसार अमेरिकी सहायतामा सञ्चालित आयोजनाहरूको काम प्रभावित भइरहेका बेला आउँदो बजेटमा एमसीसीजस्ता आयोजनाहरूलाई समेत स्रोत छुट्टाएर अघि बढाउने तयारी भइरहेको छ । त्यसका लागि अर्थ मन्त्रालयले विभिन्न दातृ निकायहरूसँग छलफल अघि बढाएको छ ।

बजेट निर्माणको काम अघि बढाउन फागुनमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालको संयोजकत्वमा समिति बनेको थियो । बजेटको सिद्धान्त तथा प्राथमिकता निर्धारण, मन्त्रालयगत आयोजनाहरूको प्राथमिकीकरण गर्न सहजीकरण, बजेट वक्तव्यको मस्यौदा तयार गर्नुका साथै नीति तथा कार्यक्रममा सुझाव पेश गर्ने कार्य जिम्मेवारीअनुसार समितिका सदस्यहरूले गृहकार्यलाई तीव्र पारेको अर्थ मन्त्रालय प्रवक्ता भण्डारीले जानकारी दिए।

सम्बन्धित खबर