२०८२ वैशाख १६, मङ्गलवार , ०८:०३:०६ बजे

Sajhamanch
'

नेपाली सेनामा विशेष बढुवा : अधिकारी बने उपरथी, बाटाजु रथी

बुधवार, चैत ६, २०८१

काठमाडौं । नेपाली सेनाको सहायक रथी रामप्रसाद अधिकारी उपरथीमा र महासेनानी मुकेश बाटाजु सहायक रथीमा बढुवा भएका छन् । यही चैत चार गतेको मन्त्रिपरिषद बैठकले उनीहरुलाई विशेष बढुवा गर्ने निर्णय गरेको थियो ।

बढुवापछि आज बिहान जंगी अड्डामा आयोजित एक कार्यक्रममा उनीहरुले दर्ज्यानी चिह्न ग्रहण गरे । प्रधानसेनापति अशोक राज सिग्देलले उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

सो कार्यक्रममा अन्य रथी, अधिकृतहरुका साथै पदोन्नति भएका परिवारहरुको उपस्थिति थियो ।

सम्बन्धित खबर

जनकपुरमा जानकी जन्मोत्सव शुरु
मङ्गलवार, वैशाख १६, २०८२
आजको मौसम
मङ्गलवार, वैशाख १६, २०८२
प्रतिनिधिसभाको बैठक बस्दै
मङ्गलवार, वैशाख १६, २०८२