
काठमाडौं । वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न युगान्डा पुगेको नेपाली राष्ट्रिय महिला टोली आज स्वदेश फर्किँदै छ ।
प्रतियोगितामा नेपालसहित घरेलु टोली युगान्डा र नामिबियाले सहभागिता जनाएका थिए तर, चार राष्ट्रसम्मिलित प्रतियोगितामा नेपाल चौथो भएको थियो नेपालले ६ मध्ये चार खेलमा हार बेहोर्दा एक खेल वर्षाका कारण रद्द भएको थियो ।
नामिबियासँग नेपाल ६ विकेट र २३ रनले पराजित भएको थियो । युगान्डालाई पहिलो खेलमा एक विकेटले हराउँदा अर्को खेलमा नेपाल ४० रनले पराजित भएको थियो । हङकङसँग पहिलो खेलमा दुई रनको हार बेहोरेको नेपालले अर्को खेल भने वर्षाको कारण रद्द भएको थियो ।