२०८१ चैत ६, बुधवार , १०:४५:१२ बजे

Sajhamanch
'

१९ वर्षमुनिको पुरुष टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त

बुधवार, चैत ६, २०८१

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली १९ वर्षमुनिको पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

अर्को महिना भारतमा आयोजना हुने १९ वर्षमुनिको साफ च्याम्पियनशिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो । यसअघि उनले नेपालमा भएको २० वर्षमुनिको साफ च्याम्पियनशिपमा युवा टोली सम्हालेका थिए ।

नेपाल त्यसको फाइनलमा बङ्गलादेशसँग ४–१ ले पराजित भएको थियो । यसपटक च्याम्पियनशिप २०८२ को वैशाख २६ देखि जेठ ४ सम्म भारतको अरुणाचल प्रदेशमा हुनेछ ।

च्याम्पियनशिपको खेल तालिका पनि सार्वजनिक भइसकेको छ । सबै खेल गोल्डेन जुब्ली स्टेडियम युपियामा हुनेछ ।

सम्बन्धित खबर