२०८१ चैत ५, मङ्गलवार , ०८:५९:४२ बजे

Sajhamanch
'

उर्लाबारी क्याम्पसको स्ववियु अध्यक्षमा पोषण आचार्य विजयी

मङ्गलवार, चैत ५, २०८१

मोरङ । मोरङको उर्लाबारी बहुमुखी क्याम्पस मोरङ्गको स्ववियु अध्यक्षमा नेविसंघका उम्मेदवार पोषण आचार्य निर्वाचित भएका छन् ।

आचार्य सर्वसम्मत रुपमा स्ववियु अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिकी संयोजक अम्बिका गौतमले बताइन् ।

यस्तै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको तर्फबाट अध्‍यक्षबका उम्‍मेदावर गौतमबुद्ध तामाङ र अनेरास्ववियु (क्रान्तिकारी)को तर्फबाट दिपेन्द्र बराईली अध्यक्षका उम्‍मेदवार थिए ।

यसअघि उक्त क्याम्पसमा नेविसंघका विवेक कार्की स्ववियु अध्यक्षमा निर्वाचित भएका थिए । त्यतिबेला कार्कीसँगै नेविसंघले प्यानलै विजयी भएका थिए ।