२०८१ चैत ५, मङ्गलवार , १२:०९:४७ बजे

Sajhamanch
'

आजदेखि पोखरा–छेन्दु नियमित उडान : पर्यटन क्षेत्रमा उत्साह

मङ्गलवार, चैत ५, २०८१

काठमाडौं । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि नियमित व्यावसायिक चार्टर्ड उडान शुरू भएको छ ।

सिचुआन प्रान्तको सहयोगमा सिचुआन एअरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर्ड उडान गरेको हो ।

आज१२७ चिनियाँ पर्यटक लिएर जहाज पोखरामा अवतरण गरेको हो । त्यही जहाज चढेर पोखराका पर्यटन व्यवसायी छेन्दु उड्नेछन् ।

यो उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझै प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान–प्रदान र व्यावसायिक सहकार्यलाई थप उचाइमा पुर्‍याउने नेपाल पर्यटन बोर्डको विश्वास छ ।

पोखरा–छेन्दु उडानले मध्य र पश्चिम नेपालका यात्रुका लागि कम खर्चमा हवाई सेवामा सहज पहुँचका साथै चिनियाँ पर्यटकलाई पोखराको अवलोकनको अवसर प्रदान गर्ने बोर्डले जनाएको छ ।

यसबाट ‘पोखरा पर्यटन वर्ष’ अभियानलाई समेत टेवा पुग्नेछ । पोखरा महानगरले सन् २०२५ लाई भ्रमण वर्ष घोषणा गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल साढे दुई वर्षअघि उद्घाटन भएको थियो ।

सम्बन्धित खबर