२०८१ चैत ५, मङ्गलवार , १०:१६:५१ बजे

Sajhamanch
'

कांग्रेसले बोलायो पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

मङ्गलवार, चैत ५, २०८१

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको संयुक्त बैठक आज बस्दै छ । बैठक दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने छ ।

समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बोलाइएको सभापति देउवाको सचिवालयले जनाएको छ । ‘राजसंस्था पक्षधरहरुको प्रदर्शनको सन्दर्भमा गणतन्त्रवादीहरुको भूमिकाबारे छलफल हुने भनिएको छ,’ स्रोतले भन्यो ।

बैठकमा सरकारका कामकारबाहीका विषयमा पनि छलफल हुने बताइएको छ ।

सम्बन्धित खबर