२०८१ चैत ४, सोमवार , ०५:०६:१९ बजे

Sajhamanch
'

नागरिक लगानी कोषको स्रोत सङ्कलन २ खर्ब ७३ अर्ब रुपैयाँ नाघ्यो

सोमवार, चैत ४, २०८१

काठमाडौं । नागरिक लगानी कोषको खुद कोष मौज्दात दुई खर्ब ७३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।

कोषको ३५औं वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहमा अध्यक्ष प्राध्यापक डाक्टर सूर्यबहादुर थापाले सानो पूँजी सङ्कलन गरी दुई खर्ब ७३ अर्ब ७२ करोड वित्तीय स्रोत सङ्कलन गर्न कोष सफल भएको बताए।

२०४७ सालमा स्थापना हुँदा कोषको बचत दुई करोड ४४ लाख रुपयाँ थियो । संस्थामा अहिले ६ अर्ब ४८ करोड रुपैयाँको चुक्ता पूँजी पुगेको छ ।

विभिन्न सात वटा योजना सञ्चालन गर्दै आएको कोषले सबै कार्यक्रमबाट जगेडा कोषसहित दुई खर्ब ७३ अर्ब रुपैयाँ वित्तीय स्रोत सङ्कलन गर्न सफल भएको छ ।

पुस मसान्तसम्म दुई खर्ब ६४ अर्ब रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको कार्यक्रममा जानकारी दिइएको छ । साढे ६ लाख सहभागीलाई सेवा दिँदै आएको कोषले ‘शेयर डिबेन्चर’ हरूमा पनि लगानी गरेको जानकारी गराएको छ ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोषलगायतका कोषहरूको लगानी उत्पादनमूलक क्षेत्र र रोजगारी बढाउने क्षेत्रमा प्रयोग गर्नुपर्ने सुझाव दिए।

यस्तै कार्यक्रममा नागरिक लगानी कोषका अध्यक्ष थापाले कृषि, पर्यटन, ऊर्जा र भौतिक पूर्वाधार निर्माणजस्ता उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्नेतर्फ कोष अग्रसर रहेको बताए।

सम्बन्धित खबर