२०८१ चैत ४, सोमवार , ०३:३२:१४ बजे

Sajhamanch
'

दमक क्याम्पसमा क्याम्पस इकाईले भनेका उम्मेदवारमात्र नेविसंघको आधिकारिक हुने

सोमवार, चैत ४, २०८१

दमक । नेपाली कांग्रेस झापाले भोलि हुने स्ववियु निर्वाचनमा नेविसंघको क्याम्पस इकाईले गरेको निर्णय नै आधिकारिक हुने स्पष्ट पारेको छ ।

नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेले अपिल जारी गर्दै नेविसंघको आधिकारिक उम्मेदवारको विवाद भएमा सम्बन्धित इकाई समितिले गरेको निर्णय नै आधिकारिक हुने स्पष्ट पारेका हुन् । उनी स्ववियु निर्वाचनका लागि उम्मेदवार चयन गर्न गठन गरेको समन्वय एवं सहजीकरण समितिका संयोजक हुन् ।

गत फागुन १६ गते पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा, कोशी प्रदेश सभापति उद्धव थापा, जिल्ला सभापति देउकुमार थेवे, जिल्ला पदाधिकारीहरु, क्षेत्र, प्रदेशसभा क्षेत्र, गाउँ नगर सभापतिहरुको संयुक्त वैठकले स्ववियु निर्वाचनका लागि सबै क्याम्पसहरुमा समन्वय एवं सहजीकरण गर्न समिति गठन गरेको थियो ।

समितिले सम्बन्धित क्याम्पसको नेविसंघ इकाई समितिसँगको समन्वयमा उम्मेदवार तय गर्ने निर्णय उक्त बैठकले गरेको थियो । सोही निर्णय बमोजिम झापाका अधिकांश क्याम्पसहरुमा स्ववियु निर्वाचका लागि उम्मेदवारी दर्ता गरिएको छ ।

तर दमक बहुमुखी क्याम्पसमा केही समस्या देखिए पछि नविसंघ क्याम्पस इकाई समितिको सिफारिसमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारलाई जिताउन संयोजक पाण्डेले सबै बिद्यार्थी एवं पार्टी पंक्तिमा अनुरोध गरेका हुन् ।

सम्बन्धित खबर