२०८१ चैत ४, सोमवार , १२:१५:४९ बजे

Sajhamanch
'

काभ्रे बेथानचोकको गोरखनाथ सामुदायिक वनमा आगलागी

सोमवार, चैत ४, २०८१

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक वनमा आइतबार रातिदेखि आगलागी भएको छ ।

रातिको समयमा डढेलो देखिएकाले नियन्त्रणका लागि सम्भव नभएकाले बिहान नियन्त्रणको तयारी भइरहेको बेथानचोक गाउँपालिका–३ का वडाअध्यक्ष कुबेर ढकालले जानकारी दिए ।

आगलागी भएको स्थान मानव बस्तीबाट टाढा रहेकाले हाललाई मानव बस्तीमा जोखिम भने देखिएको छैन । उनका अनुसार प्रहरी, जनप्रनितिनिधि, वन उपभोक्ता समिति, जनसमुदाय सबैलाई खबर गरिएको छ ।

स्थानीय कमल नेपालका अनुसार उक्त वनमा २-३ किलोमिटर डढेलो फैलिएको छ । स्थानीय र प्रहरी घटनास्थल पुगेर निभाउने प्रयास गरिरहेको र त्यहाँको विस्तृत विवरण आउन बाँकी छ ।