२०८१ चैत ४, सोमवार , १०:०९:२६ बजे

Sajhamanch
'

भोलिदेखि पोखरा–छेन्दु नियमित उडान हुने

सोमवार, चैत ४, २०८१

कास्की । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने भएको छ ।

सिचुआन प्रान्तको सहयोगमा सिचुआन एअरलाइन्सले भोलिदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर उडान गर्ने भएको हो ।

यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान–प्रदान र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने नेपाल पर्यटन बोर्डको विश्वास छ ।

बोर्डले विज्ञप्ति निकालेर पोखरा–छेन्दु उडानले मध्य र पश्चिम नेपालका यात्रुका लागि कम खर्चमा हवाई सेवामा सहज पहुँचका साथै चिनियाँ पर्यटकलाई सुन्दर शहर पोखराको अवलोकनको अवसर प्रदान गर्ने विश्वास लिएको छ ।

यसबाट चीन सरकारले घोषणा गरेको ‘भिजिट नेपाल २०२५’ र नेपाल सरकारले घोषणा गरेको ‘पोखरा पर्यटन वर्ष’ अभियानलाई टेवा पुर्‍याउँदै नेपालमा अन्तर्राष्ट्रिय पर्यटकको आगमन बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने बोर्डले जनाएको छ ।

सम्बन्धित खबर