
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई ४८ रनले हराएको छ ।
लुम्बिनीले दिएको ११६ रनको लक्ष्य पछ्याएको बागमती २२ ओभर ५ बलमा ६७ रनमा अलआउट भयो । बागमतीका कप्तान पृथु बाँस्कोटाले सबैभन्दा धेरै १५ रन बनाए । लुम्बिनीका बिप्रसन केसी र अजय चौहानले ३/३ विकेट लिए ।
यसअघि दाङको देउखुरी रङ्गशालामा टस जितेर ब्याटिङ गरेको लुम्बिनी ३२ ओभर ४ बलमा ११५ रनमा अलआउट भयो । लुम्बिनीका आकाश त्रिपाठीले ३३ रन बनाए ।
बागमतीका गौतम केसीले ४ विकेट लिए । प्रतियोगितामा लुम्बिनीको यो चौथो खेलमा तेस्रो जीत हो भने बागमतीको चौथो खेलमा तेस्रो हार हो ।