
इलाम । इलाममा मरिमराउबाट घर फर्किदा लडेर एक वृद्धको मृत्यु भएको छ ।
गएराति ९ः०५ बजे इलाम सूर्योदय वडा नं. ११ केराबारी परिवर्तनशील टोल बस्ने अन्दाजी ७७ वर्षीय कर्णबहादुर राई छिमेकी हेमन्त राईको घरमा मरिमराउबाट घर फर्कने क्रममा गोरेटो बाटोबाट अन्दाजी १० तल झरेका थिए । अचानक लडेका राईको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।