
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–७ गौतम गाउँमा एउटा घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय कृष्णहरि श्रेष्ठको भुइँतले कच्ची घरमा आगलागी हुँदा घर जलेर क्षति भएको छ ।
गएराती ९ बजे लागेको आगो झन्डै डेढ घन्टापछि निभाउन सफल भएको प्रहरी वृत्त कालिमाटीले जनाएको छ । आगालागी नियन्त्रणमा लिन काठमाण्डौ र ललितपुर महानगरपालिका तथा सशस्त्र प्रहरीको दमकल र पानीको ट्याङकर प्रयोग गरिएको थियो । आगलागीबाट मानवीय क्षति भएको छैन । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।