२०८१ चैत ३, आइतवार , ०७:५९:२९ बजे

Sajhamanch
'

जिल्लास्तरीय महिला फुटबलको उपाधि कनकाई महिला फुटबल टिमको पोल्टामा

आइतवार, चैत ३, २०८१

कनकाई । झापाको कनकाईमा भएको जिल्लास्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि कनकाई महिला फुटबल टिमले जितेको छ ।

कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको नवौं संस्करणको उपाधि कनकाई महिला फुटबल टिमले हात पारेको हो । काँकरभिट्टा महिला फुटबल टिम र कनकाई महिला फुटबल टिम बीच भएको प्रतियोगितामा ३-० गोलको अन्तरले कनकाईले उपाधि चुमेको हो ।

उपाधिसँगै कनकाईले १ लाख १ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता काँकरभिट्टा महिला फुटबल टिमले ५१ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो ।

फाइनल खेलको म्यान अफ द म्याच कनकाई महिला फुटबल टिमकी जेनिफर राना घोषित भइन् र नगद पुरस्कारसहित मेडल प्राप्त गरिन् । प्रतियोगितामा बेष्ट डिफेन्डर खुस्मा राई, बेष्ट मिडफिल्डर सन्जु राई, बेष्ट गोल किपर शुसिला चौधरी, सर्वाधिक गोलकर्ता समिक्षा मगर र सर्वोत्कृष्ट खेलाडी सिम्रन राई घोषित भए । सबै विधामा उत्कृष्ट भएका खेलाडीलाई नगद पुरस्कार र मेडल प्रदान गरिएको थियो ।

सम्बन्धित खबर