२०८२ वैशाख ६, शनिवार , ०५:३३:५९ बजे

Sajhamanch
'

कमलमा अन्तर वडास्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

शनिवार, चैत २, २०८१

कमल । झापाको कमल गाउँपालिकामा आजबाट अन्तर वडास्तरीय तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

गाउँपालिका खेलकुद विकास समितिको आयोजना सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ४ लाई शुुन्यका विरुद्ध २ गोल गर्दै वडा नम्बर ३ ले विजयी सुरुवात गरेको छ ।

केर्खा खेल मैदानमा आयोजित प्रतियोगिताको आजको खेलमा वडा नम्बर ३ का जर्सी नम्बर १३ का विवेक घिमिरे र जर्सी नम्बर १७ का विपन सिंघुले एक–एक गोल गरेर आफ्नो टिमलाई विजयी गराएका हुन् ।

खेलको म्यान अफ द म्याच वडा नम्बरका ३ का गोल रक्षक ब्रोसिश लिम्बू घोषित भएर नगद पुरस्कारसहित ट्रफी प्राप्त गरे ।

“हाम्रो कमल, हाम्रो सान, खेलाडी उत्पादन गर्ने हाम्रो अभियान” भन्ने नाराका साथ सुरु भएको फुटबल प्रतियोगिता चैत्र ८ गतेसम्म सञ्चालन हुने खेलकुद विकास समितिले जानएको छ । प्रतियोगितामा गाउँपालिकाका ७ वटै वडाका टिमहरु सहभागी हुने प्रतियोगिताका संयोजक रुस्तम राईले बताएका छन् ।

कमल गाउँपालिका खेलकुद विकास समितिको संयोजक सन्तकुमार मगरको अध्यक्षतामा भएको उद्घाटन खेलमा गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई र उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरेका थिए । भोलिको खेल वडा नम्बर १ र २ का बीच हुनेछ ।

सम्बन्धित खबर