२०८१ चैत २, शनिवार , ०९:३२:१६ बजे

Sajhamanch
'

पाँचौ मेचीनगर गोल्डकपमा चर्च व्वाइज च्याम्पियन

शनिवार, चैत २, २०८१

काँकरभट्टिा । लिगलिडर चर्च व्वाइज युनाइटेड पाँचौ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । आज शनिवार सम्पन्न फाइनल खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १-० कोे गोलअन्तर पराजित गर्दै चर्च व्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो ।

जितसँगै चर्च व्वाइजले झापा कपपछि उपाधीको खडेरी तोडेको छ । मंसिरमा सम्पन्न झापाको उपाधी हात पारेको चर्च व्वाइजले त्यसयता कुनै प्रतियोगितामा जित निकालेको थिएन । चर्च व्वाइजले १० लाख रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता बनेको काँकरभिट्टाले ५ रुपैयाँमा चित्त बुझायो ।

जितका लागि खेलको ११औँ मिनेटमा चर्च व्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर अभिषेक गुरुङले पेनाल्टी एरियामा क्लियर गर्न नसकेको बललाई उनले उत्कृष्ट त्यसको फाइदा लिँदै गोल गरेका थिए । उनको त्यही गोल प्रतियोगिताको उपाधी दिलाउन निर्णायक बन्यो ।

आजको खेलको प्लेयर अफ द म्याच चर्च व्वाइजका समिर तामाङ भए । उनले ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । प्रतियोगिताभरको प्लेयर अफ द म्याचको पुरस्कार श्याम प्रसाइ (एसपी)ले प्रदान गरेका थिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजकका खमिरगिल्सन कन्दङ्वा घोषित भए । उनले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । सर्वाधिक गोलकर्ता चर्च व्वाइजका अबोयोमी फकुन्ले र मच्छिन्द्रका युसुफ मलिक भए । उनीहरुले जनही २५ हजार रुपैयाँ र ट्रफ्री प्राप्त गरे ।

उत्कृष्ट प्रशिक्षक चर्च व्वाइजका सुमन श्रेष्ठ भए । उनले २१ हजार रुपैयाँ पाए । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चर्च व्वाइजकै टिकेन्द्र थापा भए । उनले २१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

उत्कृष्ट डिफेन्स आयोजकका दिवस उराउ भए । उनले २१ हजार रुपैयाँ प्राप्त गरे । उदीयमान खेलाडीको अवार्ड आयोजकका पर्शु राई भए । उनले पनि १५ हजार रुपैयाँ प्राप्त गरे ।

सोही समारोहमा फुटबलका माध्यमबाट मेचीनगरलाई चिनाउने विभिन्न खेलाडीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा सन्देश श्रेष्ठ, नरोत्तम गौतम, संगीता राउत, लुना प्रधान, लिला थापा रहेका छन् । उनीहरुलाई सम्मान पत्र तथा नगदसहित सम्मान गरिएको थियो ।

आयोजक समितिका संयोजक श्रीप्रसाद मैनालीको सभापतित्व तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यमा प्रतियोगिताको फाइनल खेल सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रदेश सांसद गोपाल तामाङ, आयोजक काँकरभिट्टा फुटबल टे«निङ सेन्टरका अध्यक्ष नवराज ओलीले मन्तव्य राखेका थिए । आयोजक समितिका सहसंयोजक बिमल आचार्यले शाब्दिक स्वागत गरेको कार्यक्रमको सञ्चालन आयोजक समितिका सचिव राजु कार्कीले गरेका थिए ।

सम्बन्धित खबर