२०८१ फागुन २६, सोमवार , ०८:५३:०९ बजे

Sajhamanch
'

विदेशी मुद्राको विनिमय गदै हुनुहुन्छ ? यस्तो छ आजका लागि निर्धारित दर

सोमवार, फागुन २६, २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३८ रूपैयाँ ७० पैसा र बिक्री दर १३९ रूपैयाँ ३० पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिद दर १५० रूपैयाँ २६ पैसा र बिक्री दर १५० रूपैयाँ ९१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिद दर १७९ रूपैयाँ २२ पैसा र बिक्री दर १८० रूपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिद दर १५७ रूपैयाँ ६४ पैसा र बिक्री दर १५८ रूपैयाँ ३२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रूपैयाँ ४६ पैसा र बिक्री दर ८७ रूपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रूपैयाँ ४६ पैसा र बिक्री दर ९६ रूपैयाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०४ रूपैयाँ २० पैसा र बिक्री दर १०४ रूपैयाँ ६५ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिद दर नौ रूपैयाँ ३७ पैसा र बिक्री दर नौ रूपैयाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रूपैयाँ १७ पैसा र बिक्री दर १९ रूपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रूपैयाँ ९७ पैसा र बिक्री दर ३७ रूपैयाँ १३ पैसा, कतारी रियाल एकको खरिद दर ३८ रूपैयाँ ०५ पैसा र बिक्री दर ३८ रूपैयाँ २२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिद दर चार रूपैयाँ १२ पैसा र बिक्री दर चार रूपैयाँ १४ पैसा, युएई दिराम एकको खरिद दर ३७ रूपैयाँ ७६ पैसा र बिक्री दर ३७ रूपैयाँ ९३ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रूपैयाँ ४२ पैसा र बिक्री दर ३१ रूपैयाँ ५५ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर नौ रूपैयाँ ५७ पैसा र बिक्री दर नौ रूपैयाँ ६१ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १३ रूपैयाँ ७५ पैसा र बिक्री दर १३ रूपैयाँ ८१ पैसा र डेनिस क्रोनर एकको खरिद दर २० रूपैयाँ १५ पैसा र बिक्री दर २० रूपैयाँ २३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १७ रूपैयाँ ८५ पैसा र बिक्री दर १७ रूपैयाँ ९३ पैसा, कुवेती दिनार एकको खरिद दर ४५० रूपैयाँ ११ पैसा र बिक्री दर ४५२ रूपैयाँ ०५ पैसा, बहराइन दिनार एकको खरिद दर ३६७ रूपैयाँ ९२ पैसा र बिक्री दर ३६९ रूपैयाँ ५१ पैसा, ओमनी रियाल एकको खरिद दर ३६० रूपैयाँ २७ पैसा र बिक्री दर ३६१ रूपैयाँ ८३ पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

सम्बन्धित खबर