
काठमाडौं । अमेरिकाबाट फर्काइएका नेपालीको संख्या ३८ पुगेको छ ।
२२ फागुनमा आठ जनालाई नेपाल फर्काउँदा डिपोर्ट हुने नेपालीको संख्या ३५ पुगेको थियो । त्यसयता थप ३ जनाको डीपोर्ट भएको अध्यागमनको रिपोर्ट छ ।
यता, मानव बेचबखिन अनुसन्धान ब्यूरोको टोलीले पनि २० जनवरी यता अमेरिकाबाट नेपाल डिपोर्ट हुनेको संख्या ३८ पुगेको बताएको छ ।
ब्यूरोका एसएसपी दीपेन्द्र जिसीले ३८ नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेको बताएका छन् ।