२०८१ फागुन २४, शनिवार , १०:३२:२३ बजे

Sajhamanch
'

अध्यक्ष काफ्लेको जन्मदिन विपन्न परिवारको साथमा

शुक्रवार, फागुन २३, २०८१

कचनकवल । मेची महाकाली बुहारी संयुक्त आवाजका केन्द्रीय अध्यक्ष चन्द्रा काफ्लेले आफ्नो जन्म दिन कचनकबल १ का विपन्न परिवारका साथमा मनाएकी छन् ।

अध्यक्ष काफ्लेसहित मेची महाकाली बुहारी संयुक्त आवाजको टिमले कचनकवल वडा नम्वर १ स्थित गणेश टोलमा बसोबास गर्ने विपन्न परिवारका २०० जना बालबालिकालाई स्टेशनरी वितरण गरेका छन् । सो टोलीले स्थानीयबासी अति विपन्न ज्येष्ठ नागरिक चम्पादेवी गणेशलाई खाद्यान्न सामग्री प्रदान गरेको थियो ।

सो कार्यक्रममा कचनकवल गाउँपालिका कार्यपालिका सदस्य सुनिता दर्जी, नेपाल रेडक्रस सोसाइटी उपशाखा घेराबारीका सभापति सजनलाल गणेश, शहीद गंगालाल आधारभूत विद्यालयका शिक्षक दिलकुमारी राजवंशी, कचनकबल वडा नम्वर १ का वडासदस्य अनन्तलाल राजवंशी लगायले जन्मदिनमा गरिएको यस प्रकारको कार्यको सराहना व्यक्त गरे । उनीहरुले विपन्न समुदायको दुःखमा मेची महाकाली बुहारी संयुक्त आवाजले खेलेको भूमिका प्रशंसनीय रहेको पनि बताए ।

संस्थाका झापा जिल्ला संयोजक गंगा भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रमको औचित्य प्रकाश पार्दै केन्द्रीय अध्यक्ष काफ्लेले संस्थापक अध्यक्ष यमु शर्मा पौडेलको परिकल्पनालाई मूर्त रुप दिँदै नारीले आफ्नो अस्तित्व र पहिचान आफैं निर्माण गर्नुपर्नेमा जोड दिइन् ।

मेची महाकाली बुहारी संयुक्त आवाजकी झापा जिल्ला सहसंयोजक रोशनी अधिकारीले सञ्चालन गरेको सो कार्यक्रममा सहभागीहरुलाई कोशी प्रदेश संयोजक पिङ्की थापाले शाब्दिक स्वागत गरेकी थिइन् ।

सम्बन्धित खबर