
काठमाडौँ । दक्षिण अमेरिकाको चिलीमा बिहीबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको तीव्रता ६.१ म्याग्निच्युडको थियो । यद्यपि हालसम्म कुनै पनि जनधनको क्षतिको खबर आएको छैन ।यसको केन्द्र सान पेड्रो डे अटाकामा शहरबाट १०४ किलोमिटर दक्षिण पश्चिममा थियो। यो बोलिभियाको सिमानामा अवस्थित सहर हो। भूकम्पको गहिराई ९३ किलोमिटर थियो ।भूकम्पको धक्का यति शक्तिशाली थियो कि त्यहाँका मानिसहरूमा ठुलो त्रासको वातावरण बनेको थियो ।