२०८१ फागुन २१, बुधवार , ०३:४२:०१ बजे

Sajhamanch
'

शेयर बजार लगातार तेस्रो दिन घट्यो, कारोबार रकममा पनि कमी

बुधवार, फागुन २१, २०८१

काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २९ दशमलव ८८ अङ्कले घटेर २ हजार ८१६ दशमलव ४२ विन्दुमा झरेको छ ।

आज व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा बैंक, विकास बैंक, फाइनान्स, होटल, लगानी, बीमा समूहको शेयर १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

आज ग्रीन विकास बैंकको शेयर साढे ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन समाज लघुवित्त र गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो १२ अर्ब ९४ करोडको कारोबार भएकोमा आज ३०८ वटा कम्पनीका २ करोड २८ लाख कित्ता शेयर १० अर्ब ६५ करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित खबर