
इलाम । इलाम नगरपालिका –५ सुम्बेक बस्ने २६ वर्षीय योगेश राई ब्राउनसुगरसहित पक्राउ परेका छन् ।
गएराति झापाबाट इलामतर्फ बोलेरोमा जाँदै गरेका राईलाई चेकजाँच गर्दा उनको साथबाट प्लाष्टिकसहित १ ग्राम ३४ मिलिग्राम ब्राउनसुगर फेला परेको हो ।
राति ९ः४५ बजे इलाम सूर्योदय– ११ तीनघरेस्थित मेची राजमार्गमा झापाबाट इलामतर्फ जाँदै गरेको यात्रुबाहक बोलेरो गाडीलाई चेकजाँच गर्ने क्रममा गाडीमा सवार राईको साथमा रहेको भिर्ने झोलामा प्लाष्टिकले बेरेर लुकाएर ल्याएको लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।