२०८१ फागुन २१, बुधवार , ०७:५४:०८ बजे

Sajhamanch
'

तमन्ना भाटिया र विजय बर्माबीच ब्रेकअपको चर्चा

बुधवार, फागुन २१, २०८१

अभिनेत्री तमन्ना भाटिया र विजय वर्मा भारतीय फिल्म उद्योगका चर्चित र प्यारो जोडी मध्ये एक थिए । दुवै लामो समयदेखि डेटिङको खबरले घेरिएका थिए ।केही समय उनीहरु धेरै पटक सँगै देखिए । विवाह कहिले गर्ने भन्ने योजनामा रहेको खबर पनि बाहिर आएको थियो । तर यी दुईजना केही साताअघि मात्रै अलग भएको खबर छ ।पिंकभिल्लाको रिपोर्टअनुसार तमन्ना र विजयको ब्रेकअप भएको छ । स्रोतलाई उध्दृत गर्दै रिपोर्टमा भनिएको छ, ‘तमन्ना र विजय केही साताअघि जोडीको रूपमा अलग भएका थिए । तर तिनीहरू असल साथी रहनेछन् । दुवैले आफ्नो काममा ध्यान दिएका छन् र मेहनत पनि गरिरहेका छन् ।’

तमन्ना हालै प्रयागराज महाकुम्भ र अन्य धार्मिक स्थलको भ्रमण गर्न गएकी थिइन् । यस क्रममा उनी एक्लै देखिएकी थिइन् । उनीहरु सन् २०२३ मा ‘लस्ट स्टोरीज २’ मा सँगै देखिएका थिए ।यहाँदेखि नै उनीहरूको सम्बन्ध सुरु भएको थियो । त्यो श्रृंखला उनीहरूको पहिलो प्रोजेक्ट थियो । शुभंकर मिश्राको पडकास्टमा विजयले सम्बन्धमा बन्धन हुन नहुने बताएका थिए । यो कुरामा अभिनेत्री पनि सहमत भएकी थिइन् ।

विजय अन्तिम पटक ‘द कान्दाहार हाइज्याक’मा सँगै देखिएका थिए । यसबाहेक उनी अन्य केही प्रोजेक्टमा पनि व्यस्त छन् । यससँगै तमन्ना पनि केही फिल्ममा देखिनेछिन् । उनी पछिल्लो पटक ‘स्त्री २’ मा देखिएकी थिइन् ।

उनीहरुको ब्रेकअपको खबर साँचो हो कि होइन, केही दिनमै खुल्नेछ । हाल दुवैले इन्स्टाग्रामबाट तस्विर हटाएका छैनन् । तर लामो समयदेखि शेयर गरेका पनि छैनन् ।

सम्बन्धित खबर