२०८१ फागुन २०, मङ्गलवार , ०२:०३:४२ बजे

Sajhamanch
'

सिङ्गापुर र मलेसियासँगको फुटबलका लागि ३० जना खेलाडी बन्द प्रशिक्षणमा

मङ्गलवार, फागुन २०, २०८१

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले सिङ्गापुरसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र मलेसियासँगको एएफसी एसियन कप छनोटका लागि ३० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।

नेपालले सिङ्गापुरसँग आउँदो मार्च २१ मा खेल्नेछ भने एसियन कप छनोटमा मार्च २५ मा मलेसियासँग खेल्नेछ । एक वर्षको कार्यकालका लागि गएको आइतवार नियुक्त भएका रोसको यो यो पहिलो खेल हुनेछ ।

नेपालको प्रारम्भिक टोलीको गोलकिपरमा किरण कुमार लिम्बु, विशाल सुनार, दीप कार्की, अभिषेक बराल र अञ्जल श्रेष्ठ छन् । यस्तै डिफेन्डरमा अनन्त तामाङ, छिरिङ लामा, रोहित चन्द, विमल पाण्डे, सनिश श्रेष्ठ, रन्दिप पौडेल, सुमित श्रेष्ठ, अञ्जन राई, अभिषेक लिम्बु, आशिष गुरुङ र अशोक खवास छन् ।

यसैगरी मिडफिल्डरमा लकेन लिम्बु, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक विष्ट, मनिष डाँगी, आयुष घलान र कृतिश रत्न छुन्जु छन् । यस्तै फरवार्डमा जिलेस्पी जङ्ग कार्की, अञ्जन विष्ट, समिर तामाङ, दिनेश हेन्जन, सुवास ठकुरी बम र निराजन धामी छन् ।

सम्बन्धित खबर