२०८१ फागुन २०, मङ्गलवार , १०:५०:३० बजे

Sajhamanch
'

माझी समुदायले लदी पर्व मनाउँदै

मङ्गलवार, फागुन २०, २०८१

काठमाडौं । देशभरका माझी समुदायले आज लदी पर्व मनाउँदैछन् । लदी पर्व माझी समुदायको विशेष पर्व हो । हरेक वर्ष फागुन महिनाको तेस्रो मङ्गलवार उनीहरुले यो पर्व मनाउने गर्छन् ।

लदी पर्वमा नदीको किनारमा ढुङ्गाको देवता, सिमली र बाँसको थान बनाएर नाउ, माछा मार्ने जाल, माछा हाल्ने फुरुंगोलाई पूजा गर्ने चलन छ ।

लोपोन्मुख माझी तथा बोटे समुदायको मुख्य पेसा नदीमा माछा मारेर जीविकोपार्जन गर्ने हो । त्यसैले माझी तथा बोटे समुदायले नदीको पूजा गरेर आफ्नो पेसाको सम्मान गर्ने गर्छन् ।

खोलालाई भगवानका रूपमा मान्दै माझी समुदायले सामूहिक पूजा तथा नदी सफा गरी यो पर्व मनाउँछन् । पूजासँगै सामूहिक भोज र नाचगान गरिन्छ ।

लदी पर्वमा नदीमा गएर पूजा गरेमा वर्षातको जस्तोसुकै भेलमा पनि डुङ्गा खियाउन सक्ने शक्ति मिल्ने किम्बदन्ती रहेको माझी समुदायका जानकारहरूको भनाइ छ ।

मङ्गलवार, फागुन २०, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर