२०८१ फागुन २०, मङ्गलवार , ०९:४८:३९ बजे

Sajhamanch
'

च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा भारत र अष्ट्रेलिया खेल्दै

मङ्गलवार, फागुन २०, २०८१

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज भारत र अष्ट्रेलिया खेल्दैछन् ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे शुरू हुनेछ । फाइनल पुग्न अर्को सेमिफाइनलमा भोलि न्युजिल्यान्ड र दक्षिण अफ्रीकाले पाकिस्तानको लाहोरमा खेल्दैछन् ।

समुह ‘ए’ बाट भारत समूह विजेता र दक्षिण अफ्रिका उपविजेता हुँदै सेमिफाइनलमा पुगेका हुन् । समुह ‘बी’ बाट दक्षिण अफ्रिका विजेता र अस्ट्रेलिया उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।

आठ टोली सहभागी च्याम्पियन्स ट्रफीमा समूह ‘ए’ बाट बङ्गलादेश र पाकिस्तान तथा समूह ‘बी’ बाट इङ्ग्ल्यान्ड र अफगानिस्तान समूह चरणबाट बाहिरिएका थिए ।

च्याम्पियन्स ट्रफीको फाइनल खेल मार्च ९ मा हुने छ । यो खेल भारत फाइनल नपुगे पाकिस्तानमा र पुगेमा दुबईमै हुनेछ ।

सम्बन्धित खबर