
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अस्ट्रेलियाका म्याट रसलाई नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । उनलाई एक वर्षको लागि प्रशिक्षक नियुक्त गरेको एन्फाले जनाएको छ ।
एन्फाका तर्फबाट महासचिव किरण राईले तर्फबाट सम्झौता पत्रमा हस्ताक्षर गरे । एशियन कप छनोट शुरु हुनु खेल झन्डै तीन साताको समय बाँकी रहँदा एन्फाले मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
एन्फाले रसलाई औपचारिक रूपमा आज नियुक्त गरे पनि पछिल्लो केही समयदेखि नेपालमै रहेका थिए । एन्फाले प्रशिक्षक नियुक्त गर्न झन्डै चार महिना अगाडि आवेदन खुला गरेको थियो ।