२०८१ फागुन १९, सोमवार , १२:३४:५५ बजे

Sajhamanch
'

आज जनकपुरमा सबैभन्दा उच्च तापक्रम ३२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान

आइतवार, फागुन १८, २०८१

काठमाडौं । आजदेखि मौसममा पूर्णरुपमा सुधार आएको छ । काठमाडौं उपत्यकासहित देशका सबैजसो ठाउँमा आज घाम लागेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज जनकपुरमा सबैभन्दा उच्च तापक्रम ३२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । जनकपुरमा आजको उच्चतम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको हो ।

भैरहवा, सिमरा र विराटनगरमा २९ देखि ३१ डिग्री, त्यस्तै धनगढी, नेपालगञ्ज र विरेन्द्रनगरमा २७ देखि २९ डिग्री, धरानमा २८ देखि ३० डिग्री सेल्सियससम्म रहने पूर्वानुमान छ ।

काठमाण्डौमा आजको उच्चतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियस रहने अनुमान छ । यी कुनै पनि शहरमा पानी पर्ने सम्भावना छैन । आज सबैभन्दा कम तापक्रम जुम्लामा राति माइनस एक डिग्रीसम्म रहने महाशाखाको अनुमान छ । अब क्रमिक रुपमा गर्मी बढ्दै जानेछ ।

काठमाण्डौमा पनि घाम लागेसँगै आज आकाश खुलेको छ । हिजो परेको पानीले वायु प्रदूषणको मात्रा पनि केही घटेको छ ।

देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नहुँदा अब तत्काल पानी पर्ने सम्भावना नरहेको महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताए।

प्रि–मनसुन शुरू भइसकेकाले अबका दिनमा हावाहुरी र चट्याङको जोखिम हुन्छ । घरको छानालाई सुरक्षित बनाउन, चट्याङको जोखिमबाट जोगिने उपायहरु अपनाउन पनि उनको सुझाव छ ।

 

सम्बन्धित खबर