२०८१ फागुन १९, सोमवार , ११:१८:०३ बजे

Sajhamanch
'

केपी ओली कप : उपाधिका लागि मच्छिन्द्र र त्रिभुवन आर्मीले खेल्ने

आइतवार, फागुन १८, २०८१

काठमाण्डौ । केपी ओली कपको उपाधिका लागि मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी क्लबले खेल्ने भएका छन् ।दशरथ रङ्गशालामा हिजो भएको दोस्रो सेमिफाइनलमा आयोजक केपी एफसीलाई ४ गोलको फराकिलो अन्तरले हराउँदै मच्छिन्द्र उपाधि नजिक पुगेको हो । मच्छिन्द्रका स्टेफेन जमाहा जालीले २ तथा मनिष डाँगी र रोशन रानाले समान १ गोल गरे ।अस्ति भएको पहिलो सेमिफाइनलमा सङ्कटा क्लबलाई २–१ ले हराउँदै आर्मी फाइनलमा पुगेको थियो । केपी ओली कपको फाइनल खेल भोलि हुनेछ ।

प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।यसैबीच विश्वकप विजेता इटालियन गोलकिपर जियालुजी बुफोन आज नेपाल आइपुग्ने भएका छन् ।राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कपको फाइनलमा प्रमुख अतिथिका रूपमा बुफोन नेपाल आउन लागेका हुन् ।

सम्बन्धित खबर