२०८१ फागुन १६, शुक्रवार , ०२:४९:३७ बजे

Sajhamanch
'

हिमपातले रुकुमपूर्वको मध्यपहाडी लोकमार्ग सडकखण्ड अवरुद्ध

शुक्रवार, फागुन १६, २०८१

रुकुमपूर्व । हिमाली जिल्ला रुकुमपूर्वमा भारी हिमपातका कारण मध्यपहाडी लोकमार्गको लुकुम–पातीहाल्ना सडकखण्ड अवरुद्ध भएको छ ।

गएराति परेको हिमपातले उक्त सडकखण्डलाई अवरुद्ध भएको हो । रुकुमपूर्व र बागलुङको सीमा क्षेत्र अनतर्गत पर्ने सो सडकमा बाक्लो हिउँ जम्दा लामो दूरी भएर आउजाउमा समस्या भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुमपूर्वका प्रमुख राम औंतार चौधरीको अनुसार सडकमा हिउँ परेसँगै सवारी साधनहरूको आवागमनमा समस्या भएको छ ।

विहान केही सवारी साधन आफ्नो गन्तव्यमा जान कोसिस गरे पनि हिउँ परिरहेकाले अहिले सवारी साधनहरू रोकिएको चौधरीले जानकारी दिए ।

बर्सेनि यो सडकखण्डमा हिमपातका कारण अवरोध हुने गरेको छ। हरेक वर्षको हिउँदयाममा यो खण्ड हिउँका कारण बन्द हुँदा सवारी साधनसहित यात्रुहरूलाई समस्या हुने गरेको छ।

शुक्रवार, फागुन १६, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर