२०८१ फागुन १६, शुक्रवार , ०१:५७:१६ बजे

Sajhamanch
'

सिन्धुपाल्चोक भूकम्प : काठमाडौंमा भागदौड गर्दा २ जना घाइते

शुक्रवार, फागुन १६, २०८१

काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर शुक्रबार बिहानीपख भूकम्प गएपछि काठमाडौंमा भागदौड हुँदा दुई जना घाइते भएका छन् ।

भागदौडमा उदयपुरको त्रियुगा नगरपालिका १० घर भइ हाल काठमाडौंको शान्तिनगर बस्दै आएका २२ वर्षीय प्रशान्त थिलिङ घाइते भएका छन् ।

भागदौडका क्रममा सडक पेटीमा ठोक्किएर उनी घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । घाइते थिलिङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

त्यसैगरी अर्का घाइतेमा नवलपरासीको मध्यबिन्द् नगरपालिका–५ घर भई नयाँ बानेश्वर बस्दै आएका २६ वर्षीय हरि गैरे छन् ।

होस्टलमा बस्दै आएका उनी भूकम्पको धक्का आएपछि भागदौड गरेका थिए । सो क्रममा उनी घाइते भएका हुन् । उनको सिभिल अस्पतालमा उपचार भइरहेको एसपी बोहोराले बताए ।

शुक्रबार बिहानीपख २ः५१ बजे सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ भैरवकुण्ड केन्द्र भएर ६ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस भएको थियो ।

शुक्रवार, फागुन १६, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर