२०८१ फागुन १६, शुक्रवार , ०१:२१:३६ बजे

Sajhamanch
'

३ वटा अन्तर्रााष्ट्रिय उडान डाइभर्ट, त्रिभुवन विमानस्थलमा सबै उडान ठप्प

शुक्रवार, फागुन १६, २०८१

काठमाडौं । प्रतिकूल मौसमले मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि भिजिबिलिटी कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको हो ।

सूचना अधिकारी, त्रिभुवन इन्टरनेशनल विमानस्थल तेज बहादुर पौडेलका अनुसार तीन वटा अन्तर्राष्ट्रिय जहाज ल्याण्ड हुन नसक्दा डाइभर्ट गरिएको छ ।

कतारको दोहाबाट आएको एयरवेज भारतको कोलकाता डाइभर्ट भएको छ । मलेसियाबाट आएको नेपाल एयरलाइन्स दिल्ली डाइभर्ट भएको छ भने चीनबाट आएको सिचुवान एयरलाइन्स ल्हासा डाइभर्ट भएको छ ।

त्यस्तै, भिजिबिलिटी कमजोर हुँदा आन्तरिक उडान पनि ठप्प भएको छ ।

शुक्रवार, फागुन १६, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर