
हुम्ला । हिमाली जिल्ला हुम्लामा शुत्रबार बिहानदेखि हिमपात सुरू भएको छ । हुम्लाको उच्च क्षेत्र नाम्खा गाउँपालिकामा र सदरमुकाममा सिमकोटमा हिमपात भएको हो ।
हिमपातले नाम्खा गाउँपालिकाको लिमी, चाला, याल्बाङ, यारी, मुचुलगायतका क्षेत्रका बाक्लो हिउँ जमेको छ।
यस्तै हुम्लाको दक्षिणी भेग सर्केगाड,चंखेली,अदानचुली,ताजाकोट गाउँपालिकामा वर्षा भएको छ । हिमपात भएसँगै नेपालगन्ज, सुर्खेतबाट हुने हवाई उडान प्रभावित भएका छन् । तारा, सीता, समिट एयरलाइन्स उडान रोकिएका छन् ।
रातभर वर्षा भएपनि बिहान ७ बजेबाट जमिनमा हिउँ जम्न थालेको हो । हिउँ पर्न थालेपछि चिसो अत्यधिक बढेको छ। बिहानबाट हिउँ परेसँगै चिसो बढेको स्थानीय लक्ष्मण ऐडीले बताए । राति वर्षामात्रै भएको थियो बिहानबाट हिउँ जम्न लागेको उनले बताए।
हिउँपरेपछि किसानहरूले राहत महसुस गरेका छन् । दक्षिण क्षेत्रमा रातबाट वर्षा भएको चंखेली गाउँपालिका( १ का तिलक बोहराले बताए।